एक सातादेखि सगरमाथामा हराएका ओखलढुंगाका दावा शेर्पा जीवितै भेटिए
nepalpress.com · Thu Jun 04 04:34:07 GMT 2026

काठमाडौँ । सगरमाथा आधार शिविर क्षेत्रमा एक सातादेखि हराइरहेका पर्यटन श्रमिक हिलारी भनिने दावा शेर्पा आज बिहान गम्भीर बिरामी अवस्थामा भेटिएका छन् ।
सगरमाथा प्रदुषण नियन्त्रण समिति (एसपीसीसी)का कामदाहरुले उनलाई आइसफल क्षेत्रबाट आधार शिविरतर्फ घस्रिदै आइरहेको अवस्थामा फेला पारेर उद्दार गरेको पर्यटन बोर्डका पूर्व सदस्य ङावाङिमा शेर्पाले नेपाल प्रेसलाई जानकारी दिए । आरोही पर्यटकहरुको सहयोगीका रुपमा गएका ओखलढुंगा खिजिदेम्बा गाउँपालिकाका शेर्पा एक सातअघि आधार शिविर फर्किने क्रममा हराएका थिए । उनको खोजीका लागि सगरमाथाको तेस्रो शिविर आसपास हेलिकोप्टरबाट खोजी गर्दा समेत भेटिएका थिएनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)