रोजगारीको प्रलोभनमा भारत पुगेका १६ जना बन्धक
gorkhapatraonline.com · Thu Jun 04 04:39:52 GMT 2026

राम्रो रोजगारी, आकर्षक तलब र सुखद भविष्यको आशामा सीमापारि पुगेका महोत्तरीको बर्दिबास नगरपालिका–१४ स्थित एकीकृत नमुना मुसहर बस्तीका १६ जना नेपाली भारतको हरियाणा राज्यमा बन्धक अवस्थामा रहेको आरोप सार्वजनिक भएपछि उनीहरूका परिवार चिन्तित बनेका छन् । आफन्तको सकुशल उद्धारको माग गर्दै परिवारजनले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।
स्थानीय बासिन्दाका अनुसार बन्धक बनाइएकामध्ये पुरुष, महिला तथा बालबालिका समेत रहेका छन् । आर्थिक अभावका कारण रोजगारीको खोजीमा भारत पुगेका उनीहरू अहिले सम्पर्कविहीनजस्तै अवस्थामा रहेको र उद्धारको पर्खाइमा रहेको परिवारजनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)