भन्सार छलेको आशंकामा सशस्त्रद्वारा ७७५ वटा गाडी नियन्त्रणमा
nepalpress.com · Thu Jun 04 04:38:45 GMT 2026

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले मुस्ताङ्को कोरोला नाकाबाट भित्रिएका ७ सय ७५ वटा विद्युतीय गाडी नियन्त्रणमा लिएको छ ।
भन्सार छली गरेको आशंकामा जोमसोम, पर्वतको कुस्मा र कास्कीको हेम्जाबाट गए राति सशस्त्र प्रहरी बलले ती गाडीहरु नियन्त्रणमा लिएको हो । गाडी नियन्त्रणमा लिन सशस्त्र प्रहरी बल नेपाल नं ३३ गुल्म मुस्ताङ, म्याग्दी गुल्म, नं २५ चण्डिका गण पर्वत, नं २४ कालिका गण कास्कीबाट सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)