मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

सरकारले आज देखि टिकटकमाथि लगाइएको प्रतिबन्ध हटाउने

barnanmedia.com · Wed Aug 21 22:44:06 UTC 2024

सरकारले आज देखि टिकटकमाथि लगाइएको प्रतिबन्ध हटाउने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय उच्च स्रोतले दिएको जानकारी अनुसार टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय विभागीय मन्त्रीले गरिसकेका छन् । बिहीबारको मन्त्रिपरिषद बैठकले यसलाई अनुमोदन गर्ने बताइएको छ ।

गत असोज २७ गते पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । पाँच दिनअघि टिकटकले नेपाल सरकारलाई प्रतिबन्ध फुकुवा गर्न आग्रह गरेको थियो । उसले नेपालले राखेको सबै सर्त पालना गर्ने जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)