बिजुली बेचेर नेपालले कमायो ५ अर्बभन्दा बढी रुपियाँ
barnanmedia.com · Sat Sep 19 23:19:58 GMT 2026

नेपालले भदौ महिनामा बिजुली बेचेर पाँच अर्बभन्दा बढी रुपियँ आम्दानी गरेको छ। नेपाल विद्युत् प्राधिकरणकाअनुसार भदौ महिनामा ५६ करोड ५६ लाख ६ हजार ४ सय ४३ युनिट विद्युत् निर्यात गरेर ५ अर्ब ९ करोड २४ लाख ६१ हजार २ सय ८२ रुपियाँ आम्दानी गरेको हो।
प्राधिकरणको प्रणाली सञ्चालन विभाग (भार प्रेषण केन्द्र एलडिसी) स्युचाटारले सार्वजनिक गरेको भदौ महिनामा भएको विद्युत् निर्यातको विवरणअनुसार द्विपक्षीय सम्झौतामार्फत भारतको हरियाणा तथा बिहार राज्यसँगै बंगलादेशमा र विद्युत् बजारमार्फत गरी दुई माध्यमबाट विद्युत् निर्यात गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)