भारतीय सीमा सुरक्षा बल 'एसएसबी' का महानिर्देशक चौधरीको नेपाल भ्रमणमा राेकियाे
barnanmedia.com · Wed Aug 21 22:54:37 UTC 2024

भारतीय सीमा सुरक्षा बल सशस्त्र सीमा बल 'एसएसबी' का महानिर्देशक दलजितसिंह चौधरीको नेपाल भ्रमणमा अचानक रोकिएको छ । सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक 'आईजीपी' राजु अर्यालको निमन्त्रणामा नेपाल आउन लागेका चौधरीले भ्रमण स्थगित गरेका हुन् ।
नेपालको तीनदिने औपचारिक भ्रमणमा आउन लागेका चौधरीलाई भारतमा बंगलादेशसँग जोडिएको सीमा क्षेत्रको सुरक्षाको विषयमा समेत थप जिम्मेवारी लिनु परेका कारण तत्काललाई रोकिएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ । सशस्त्र प्रहरी बलका प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक 'डीआईजी' कुमार न्यौपानेका अनुसार भदौ ५, ६ र ७ गते काठमाडौंमा हुने सीमा सुरक्षासम्बन्धी आठौं बैठकमा भाग लिन उनी आउन लागेका उनी भारतमा थप जिम्मेवारी लिनुपरेपछि केही दिन भ्रमण रोकिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)