मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सगरमाथा क्षेत्रमा ९० हजार केजी फोहोर

annapurnapost.com · Sun Jun 28 00:57:21 GMT 2026

काठमाडौं : विगतका वर्षहरू जस्तै यस वर्षको मे महिनामा पनि सगरमाथा आरोहण गर्नेहरूको ठूलो भीड लाग्यो, जहाँ एकैदिन २ सय ७४ जना पर्वतारोहीले सगरमाथाको सफल आरोहण गरे। यसअघि सन् २०१९ को मे महिनामा पनि एकैदिन नेपालतर्फबाट २ सय २३ र तिब्बततर्फबाट १ सय १३ जनाले सगरमाथा चढेका थिए।

एकैदिन सयौं मानिस सगरमाथाको चुचुरोतिर लामबद्ध भई जाँदै गरेको तस्बिर सार्वजनिक भएपछि अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले यसको वातावरणीय प्रभावमाथि गम्भीर प्रश्न उठाउँदै आएका छन्। सगरमाथा आरोहणका क्रममा देखिने यस्तो अत्यधिक भीडले त्यहाँ उत्पादन हुने फोहोर र प्रदूषणलाई निकै चुनौतीपूर्ण बनाएको टिप्पणी हुने गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)