मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

धनकुटामा आँप खेती गर्ने किसान खोज्दै पालिका र ज्ञान केन्द्रका अधिकारी

ekantipur.com · Thu Dec 18 18:14:09 GMT 2025

धनकुटा — आँप खेती ब्लक विकास कार्यक्रम संचालनका लागि पटक-पटक सार्वजनिक सूचना प्रकाशित गर्दा पनि आवेदन नपरेपछि गाउँपालिका र ज्ञान केन्द्रका अधिकारी आँप रोप्ने किसान खोज्दै गाउँ पसेका छन् ।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत कृषि ज्ञान केन्द्र धनकुटामार्फत छथरजोरपाटी गाउँपालिकाको १ हजार ४ सय रोपनीमा आँप खेती ब्लक विकास कार्यक्रम संचालन गर्दैछ । छथरजोरपाटीको ३, ४ र ५ नम्बर वडाका तल्लो क्षेत्रमा पर्ने बन्चरे, सिंभूवा, पाथीभरा, पिप्ले, कर्कले, मार्से, खाम्नेरा र ताम्लिङ लगायतका स्थान आँप खेतीका लागि संभाव्य छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)