एन्फा निर्वाचन: महिला सदस्यमा सरला र पेमा निर्वाचित
nepalpress.com · Mon Jun 20 17:07:26 GMT 2022
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को नयाँ कार्यसमितिकाे महिला सदस्य पदमा पंकजविक्रम नेम्वाङ प्यानलकी सरला श्रेष्ठ र कर्मा छिरिङ शेर्पा प्यानलकी पेमा डाेमा लामा उम्मेदवार निर्वाचित भएका छन् । निर्वाचनमा नेम्वाङ र शेर्पा प्यानलबाट दुई दुई जानाले सदस्य पदमा उम्मेदवारी दिएका थिए ।
मंगलबार बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा सम्पन्न निर्वाचनमा सरलाले सर्वाधिक ४६ मत र पेमाले ४३ मत प्राप्त गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)