मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण
kendrabindu.com · Thu Jun 04 05:11:05 GMT 2026
धनुषा । मधेस प्रदेशमा १६ प्रतिशत बालबालिकामा कुपोषणको समस्या देखिएको तथ्याङ्क छ । मिथिला नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अशोक भण्डारीले अभियानमार्फत गरिएको परीक्षणले सो तथ्य पत्ता लागेको जानकारी दिए ।
स्वास्थ्य निर्देशनालय, मधेस प्रदेशले १३६ स्थानीय तहमध्ये १३३ स्थानीय तहमा गरिएको पोषण अवस्थाको परीक्षणमा दुई लाख ८३ हजार ३०८ बालबालिकाको स्वास्थ्य अवस्था मूल्याङ्कन गरिएको थियो । जसमध्ये ३५ हजार ८८३ जना कुपोषित, आठ हजार ७७१ जना शीघ्र कुपोषित र दुई लाख ३३ हजार १८२ जना सामान्य अवस्थामा रहेका तथ्याङ्कमा उल्लेख छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को मापदण्डअनुसार यो अवस्था सङ्कटपूर्ण मानिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)