मुलुकको विकासका लागि एकता जरूरी छ : उपसभामुख मगर
barnanmedia.com · Wed Aug 21 23:17:50 UTC 2024

प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगरले मुलुकको विकासका लागि एकता जरूरी रहेको बताउनुभएको छ ।
पाल्पाको रामपुरमा आज नेपाल आदिवासी जनजाति महासङ्घ नगरपालिका समन्वय परिषद् रामपुरले आयोजना गरेको भेटघाट तथा स्वागत कार्यक्रममा उहाँले मुलुक, समाज, समुदायको हितमा एकीकृत भएर अगाडि बढ्न सबैलाई आग्रह गर्नुभयो । उपसभामुख रानामगरले नेपालमा राजनीतिक प्रतिस्पर्धा स्वस्थ नरहेको बताउनुहुँदै देश विकासका लागि अरूलाई लडाएर आफू स्थापित हुने प्रवृत्ति निरुत्साहित गर्न आवश्यक रहेको धारणा राख्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)