मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

निर्वाचनको माहोल देशव्यापी

gorkhapatraonline.com · Sat Feb 07 23:55:07 GMT 2026

फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनको माहोल उल्लासका साथ देशव्यापी रूपमा अघि बढेकोे छ । निर्वाचनलाई बाध्यकारी बनाउनभन्दा पनि जनताको सुन्दर भविष्यका लागि मनाइने उत्सवमा परिणत गर्न सरकार, सबै सुरक्षा निकाय, निर्वाचन आयोग र निर्वाचन कार्यालयलगायत सबै निकाय सक्रियताका साथ लागिपरेका छन् ।

सरकारमातहत रहेर निर्वाचन आयोगले गर्नुपर्ने तयारी अगाडि बढिरहेको आयोगले जनाएको छ । सातै प्रदेशका ७७ वटै जिल्लामा निर्वाचनको तयारी तीव्र गतिमा अघि बढिरहेको जिल्लास्थित निर्वाचन अधिकारीको भनाइ छ । कतै निर्वाचनका लागि बन्दोबस्तीका सामग्रीको लेखाजोखा हुँदै छ भने कतै म्यादी प्रहरी कति परिचालन गर्ने भनेर तयारी हुँदै छ । त्यस्तै कतै कसरी भयरहित निर्वाचन सञ्चालन गरेर सबै मतदातालाई मतदान गर्न प्रोत्साहन गर्ने भनेर पनि छलफल र परामर्श जारी रहेका छन् । त्यस्तै कतै नमुना मतपत्र पर्खिरहेका छन् भने कतै मतदाता नामावलीको अन्तिम अद्यावधिक गर्ने चटारो छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)