मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भन्सारमा छलछामको आशंकामा ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा, अधिकांश बीवाइडी

annapurnapost.com · Thu Jun 04 05:12:50 GMT 2026

काठमाडौं : सशस्त्र प्रहरीले कोरला नाकाबाट भित्रिएका ७७४ वटा सवारी साधन नियन्त्रणमा लिएको छ। भन्सार छलीको आशंकामा सशस्त्रले मुस्ताङको कोरला नाकाबाट भित्रिएका गाडीहरू नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिएका अधिकांश गाडीहरू बीवाईडी रहेको प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरी बलका प्रवक्ता विष्णु प्रसाद भट्टले ती गाडीको कागजात शंकास्पद देखिएपछि नियन्त्रणमा लिएको बताए। उनले अन्नपूर्णसँग भने,'भन्सार पार गरिसकेका गाडीको कागजातमा केही कैफियत छ भन्ने गोप्य सूचनाका आधारमा नियन्त्रणमा लिएको हो। सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा छौं।'

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)

सम्बन्धित विषय