मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रास्वपाले स्थानीय तह उपनिर्वाचनमा भाग लिने

ekantipur.com · Wed Aug 21 23:29:44 UTC 2024

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उपनिर्वाचनमा भाग लिने भएको छ । रास्वपाको केन्द्रीय समिति बैठकले पहिलोपटक स्थानीय तहको चुनावमा भाग लिने निर्णय गरेको हो ।

रास्वपाले ०७९ को प्रदेशसभा र स्थानीय तह चुनावमा भाग लिएको थिएन, ०७९ कै प्रतिनिधिसभा निर्वाचनमा मात्र प्रतिस्पर्धा गरेको थियो । रास्वपा अहिले २१ सिटसहित प्रतिनिधिसभाको चौथो ठूलो दल हो र दुईपटक सरकारमा गइसकेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)