मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दिल्लीमा देउवा र मोदीले देखाए  हरियो झन्डा, जयनगरबाट छुट्यो रेल

nayapatrikadaily.com · Sun Apr 03 00:25:00 GMT 2022

डेढ वर्षदेखि थन्किएको नेपाली रेलले जनकपुर–जयनगरमा आइतबारदेखि नियमित यात्रु ओसार्ने भएको छ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले शनिबार दिल्लीको हैदराबाद हाउसमा हरियो झन्डा देखाएर रेल सेवाको भर्चुअल उद्घाटन गरेका हुन् ।

दुलहीझैँ सजाइएको रेल उद्घाटनसँगै जनयनगरबाट जनकपुरका लागि छुटेको थियो । जनकपुरमा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले रेलको स्वागत गरेका थिए । उनीहरू जनकपुरबाट रेल चढेर कुर्थासम्म पुगेका थिए । जनकपुरधाममा रहेको रेल्वे स्टेसन पनि झकिझकाउ पारिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)