मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बाँदर आतङ्कले बाँझिँदै बैतडीका खेत, किसान खेती छाड्दै

gorkhapatraonline.com · Thu Jun 04 05:25:55 GMT 2026

एक समय हरियालीले ढाकिने बैतडीका गाउँ–बस्तीका खेतबारी यतिबेला बाँझिँदै जान थालेका छन् । बिहानदेखि साँझसम्म हुलका हुल बाँदर खेतबारीमा पसेर बालीनाली नष्ट गर्न थालेपछि किसानले खेतीपाती नै छाड्न थालेका हुन् ।

वर्षभरि दुःख गरेर लगाएको बाली पाक्न नपाउँदै नष्ट हुन थालेपछि कृषिप्रति किसानको आकर्षण घट्दै गएको छ । जिल्लाका अधिकांश गाउँमा बाँदर आतङ्क बढेसँगै खेतीयोग्य जमिन बाँझो रहने क्रम बढेको स्थानीय बताउँछन् । बाली रोपेदेखि भित्र्याउने समयसम्म बाँदरले क्षति पुर्‍याउन थालेपछि खेती गर्न नै निरुत्साहित भएको दशरथचन्द नगरपालिका–४ का दिलाराम भट्टले बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)