ढकालसँग दोस्रो पटक स्पष्टीकरण माग
ekantipur.com · Wed Aug 21 23:32:27 UTC 2024

काठमाडौँ — रास्वपाले पार्टीबाट हटाइएका महामन्त्री तथा केन्द्रीय सदस्य मुलुक ढकालसँग दोस्रो पटक स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । कार्यवाहक प्रवक्ता मनीष झाद्वारा जारी विज्ञप्तिमा ‘केन्द्रीय अनुशासन आयोगको सिफारिससहितको प्रतिवेदनका आधारमा पूर्वमहामन्त्री तथा पार्टी सदस्य मुलुक ढकाललाई पार्टी विधानको धारा ५६ (४) बमोजिम अन्तिम पटक स्पष्टीकरणको मौका दिने’ उल्लेख छ ।
ढकाललाई महामन्त्रीबाट पदमुक्त गर्ने रास्वपाको निर्णयले कानुनी मान्यता पाउने वा नपाउने विषय जटिल बनेको सन्दर्भमा फेरि अन्तिम पटक स्पष्टीकरणको मौका दिने भनिएको हो । महामन्त्रीलाई हटाउने निर्णय गर्नुअघि पार्टीको विधान र राजनीतिक दलसम्बन्धी ऐन, नियमले तोकेका प्रक्रिया पूरा नभएको भन्दै ढकालले दिएको निवेदनमा आयोगले अध्ययन गरिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)