तानसेनको मध्यकालीन पहिचान खोजिँदै
barnanmedia.com · Sun Sep 20 00:07:21 GMT 2026

ऐतिहासिक सहर तानसेनको मध्यकालीन पहिचान स्थापित गर्न पुराना सम्पदा, बस्ती, संस्कृति र जीवनशैलीको खोज तथा अनुसन्धान अघि बढाइने भएको छ । बाइसे–चौबीसे राज्य, मगरात र सेन राज्यसँग जोडिएको इतिहास बोकेको तानसेनलाई मध्यकालीन सहरका रूपमा विश्व सम्पदा सूचीमा समावेश गराउने उद्देश्यले सम्पदाको खोज, अध्ययन, अभिलेखीकरण र संरक्षणको तयारी थालिएको हो ।
तानसेनलाई सन् २००८ मै युनेस्कोको सम्भावित विश्व सम्पदा सूचीमा समावेश गरिएको थियो । तर त्यसयता पनि सम्भावित सूचीमै रहेको तानसेनलाई स्थायी विश्व सम्पदा सूचीमा लैजान आवश्यक प्रक्रिया अघि बढाउन सरोकारवालाबीच छलफल सुरु गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)