सुनचाँदीको मूल्यमा सामान्य गिरावट
nagariknews.nagariknetwork.com · Thu Jun 04 05:31:10 GMT 2026

स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। आज सुन तोलामा रु २०० र चाँदी रु ८५ ले घटेको हो।
नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु तीन लाख ११ हजार १०० कायम भएको छ। एक तोला चाँदीको मूल्य रु पाँच हजार २८५ निर्धारण भएको छ।
हिजो (बुधबार) एक तोला सुन रु तीन लाख ११ हजार ३०० र त्यति नै परिमाणको चाँदी रु पाँच हजार ३७० मा खरिदबिक्री भएको छ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ४६१ र त्यति नै परिमाणको सेतो धातुको ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
Follow @nagarik_news
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)
सुनचाँदी