मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आफ्नै भूमि, अर्काको बाटो : पूर्वाधार पर्खिरहेको इलामको सिमाना डाँडा

kalakarmi.com · Thu Jun 04 05:34:03 GMT 2026

इलाम- इलामको सूर्योदय नगरपालिका-२ मा अवस्थित सिमाना डाँडा यतिबेला प्रकृतिको अनुपम उपहारका रूपमा ठिङ्ग उभिएको छ । जब आकाश खुल्छ र आँखै अगाडि कञ्चनजङ्घा र कुम्भकर्ण हिमालका चाँदीजस्तै टल्किने चुचुराहरू देखिन्छन, त्यहाँ पुग्ने जोकोहीको मन फुरुङ्ग हुन्छ ।

चिसो सिरेटो र चारैतिर फैलिएको हरियालीले दिने शान्ति शब्दमा वर्णन गर्न सकिँदैन । तर, विडम्बना के छ भने, यो प्राकृतिक सौन्दर्य नियाल्न आफ्नै देशको भूमि टेक्ने नेपालीहरूले मनभने अमिलो पार्नुपर्ने अवस्था छ । झापा दमकका राम कार्की हुन् वा काठमाडौंबाट इलाम घुम्न आएका रोहित श्रेष्ठ, सिमाना डाँडा पुग्ने हरेक नेपालीको एउटै गुनासो छ, ‘आफ्नै आँगनमा पुग्न छिमेकीको बाटो प्रयोग गर्नुपर्ने बाध्यता कहिलेसम्म ?’

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)