दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणः बालबालिकासहित १२ जनाको मृत्यु
barnanmedia.com · Thu Jun 04 05:38:04 GMT 2026

दक्षिण लेबनानका विभिन्न क्षेत्रमा इजरायलले गरेको हवाई तथा ड्रोन आक्रमणमा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् ।
लेबनानको राष्ट्रिय समाचार एजेन्सीका अनुसार इजरायली सेनाले विभिन्न शहर र सवारी साधनलाई लक्षित गरी यी घातक प्रहारहरू गरेको हो । आक्रमणको विवरणअनुसार क्लाया शहरमा एउटा गुडिरहेको सवारी साधनलाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा एक पुरुष र उनका दुई सन्तानको मृत्यु भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)