अन्ततः वामदेवले किन रोजे एमाले
rajdhanidaily.com · Sun Jan 19 23:02:53 GMT 2025

काठमाडौं । राष्ट्रिय सभा सदस्य एवं नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम नेपाल कम्युनिस्ट पार्टी (एमाले)मा प्रवेश गर्ने भएका छन् । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र गौतमका बीचमा आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलपश्चात गौतमले एमालेमा प्रवेश गर्ने जनाएका हुन् ।
गौतम एमाले प्रवेश गरे पनि अभियानमा आबद्ध केही नेता नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)मा प्रवेश गर्ने भएका छन् । ती नेताले एमालेमा प्रवेश नगरी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) वा माओवादीमा प्रवेश गर्नुपर्ने अडान लिएको स्वयं गौतमले जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)