मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

जासुसीको आरोपमा चिनियाँ अधिकारीविरुद्ध अमेरिकामा मुद्दा दायर 

baahrakhari.com · Thu May 19 19:50:00 GMT 2022

वासिङ्टन । एकजना अमेरिकी नागरिक र चारजना चिनियाँ गुप्तचर अधिकारीलाई जासुसी गरेको अभियोग लगाइएको छ । उनीहरूलाई अमेरिकामा बसोबास गरिरहेका चिनियाँ सरकार विरोधी, मानव अधिकारवादी नेता र प्रजातन्त्र समर्थित अभियन्ताहरूमाथि जासुसी गरेको अभियोग लगाइएको अमेरिकी न्याय विभागले जनाएको छ ।

न्युयोर्कको क्विन्स निवासी वाङ सुजुनले चिनियाँ सरकार विरोधीहरूको समुदायमा छिरेर चीनको राज्य सुरक्षा मन्त्रालय (एमएसएस)का लागि सूचना संकलन गर्ने गरेको आरोप लगाइएको छ । ७३ वर्षीय वाङलाई मार्च १६ मा अमेरिकी प्रहरीले पक्राउ गरेको हो । एमएसएसका चारजना अधिकारी फेङ ही, जिय जी, मिङ ली र केक्विङ लु अहिले फरार छन् । उनीहरूविरुद्ध मंगलबार ब्रुकलिनस्थित संघीय अदालतमा मुद्दा दायर गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)