ब्राइटनसँग हार्यो आर्सनल
kendrabindu.com · Sun Sep 20 00:34:20 GMT 2026
काठमाडौं । इंग्लिस प्रिमियर लिगको डिफेन्डिङ च्याम्पियन आर्सनलले शनिबार आफ्नो शतप्रतिशत सुरुआत गुमाएको छ । यस क्रममा उसले ब्राइटनबाट ३–० को हार बेहोरेको छ । उपाधि रक्षाको होडमा रहेको आर्सनलका लागि यो सुरुआती ठूलो धक्का रहनेछ ।
अमेरिकन एक्सप्रेस स्टेडियममा भएको खेलमा ब्राइटनका लागि पास्कल ग्रोब, चारालाम्पोस कोस्टुलस र चेमा आन्द्रेसले गोल गरे । यो नतिजापछि आर्सनल १२ अंकमा सीमित रहेर दोस्रो स्थानमा कायम रह्यो । ब्राइटन भने १० अंकमा तेस्रो स्थानमा उक्लेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)