मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कामना सेवा विकास बैंकद्वारा पशुपति माध्यमिक विद्यालयलाई सहयोग

shilapatra.com · Thu Jun 04 05:50:42 GMT 2026

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शाखा कार्यालय सालझण्डीमार्फत सैनामैना नगरपालिका– १०, रुपन्देहीको पशुपति माध्यमिक विद्यालयलाई डस्टबिन हस्तान्तरण गरेको छ ।

बैंकका बुटवल क्षेत्र प्रमुख हेमन्त बाबु आचार्यले विद्यालयका प्रधानाध्यापक हरिप्रसाद थापालाई १२ थान डस्टबिन हस्तान्तरण गरे ।

वितरण गरिएका डस्टबिनले विद्यार्थीहरूमा सरसफाइको संस्कार विकास गर्न, वातावरणीय सचेतना अभिवृद्धि गर्न तथा विद्यालय परिसरलाई स्वच्छ राख्न महत्त्वपूर्ण भूमिका खेल्ने प्रधानाध्यापक थापाले बताए ।

आर्थिक रूपमा कमजोर, गरिब तथा विपन्न समुदायका विद्यार्थी अध्ययनरत विद्यालयहरूमा यस्ता आधारभूत सरसफाइ सामग्रीको अभाव रहने भएकाले डस्टबिन वितरण गरिएको बैंकका बुटवल प्रदेश प्रमुख आचार्यले बताए ।

प्रकाशित मिति: बिहीबार, जेठ २१, २०८३

११:३५

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)