एमाले सचिवालय र पार्टी पुनर्गठन कार्यदलको बैठक बस्दै
ratopati.com · Sun Sep 20 00:37:13 GMT 2026

काठमाडौँ । नेकपा एमालेले आजबाट लगातार तीन वटा बैठक बोलाएको छ । एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यका अनुसार आज बिहान ९ बजे निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक बोलाइएको छ भने दिउँसो १ बजे सचिवालय बैठक बोलाइएको छ ।
कार्यदल र सचिवालय बैठक पार्टी मुख्यालय च्यासलमा बस्ने तय भएको छ । कार्यदलले पार्टी पुनर्गठनसम्बन्धी प्रतिवेदनलाई अन्तिम रूप दिएर सचिवालय बैठकमा पेस गर्ने तयारी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)