माछापुच्छ्रे अविमोच्य असञ्चिति अग्राधिकार शेयर नेप्सेमा सूचीकृत
corporatenepal.com · Thu Jun 04 05:52:54 GMT 2026

काठमडौं । माछापुच्छ्रे बैंक लिमिटेडद्वारा जारी गरिएको रु. १०० अंकित दरका कुल ३,००,००,००० –(तीन करोड) कित्ता “८.२५% माछापुच्छ्रे अविमोच्य असञ्चिति अग्राधिकार शेयर” मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
उक्त शेयरको कुल निष्कासन मूल्य रु. ३,००,००,००,००० (तीन अर्ब रुपियाँँ) रहेको छ । नेप्सेमा सूचीकृत भएको उक्त अग्राधिकार शेयर २० गतेदेखि धितोपत्रको दोस्रो बजारमा कारोबारका लागि उपलब्ध रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)