जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु
himalpress.com · Thu Jun 04 05:59:50 GMT 2026

काठमाडौँ- रोल्पाको माडी गाउँपालिका–२ व्याङखोलामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दुईजना पुरुष र एक महिला रहेको प्रहरीले जनाएको छ । मृतकको पहिचान खुल्न सकेको छैन।
जस्तापाता र प्लास्टिकका पाइप बोकेको जिप व्याङखोलास्थित सडकबाट करिब ६ सय मिटर तल खसेको थियो। घटनाको जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय घर्तिगाउँबाट प्रहरी टोली घटनास्थलमा खटिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)