कामना सेवा विकास बैंकद्वारा विद्यालयलाई डस्टबिन हस्तान्तरण
corporatenepal.com · Thu Jun 04 05:56:55 GMT 2026

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय सालझण्डी मार्फत सैनामैना नगरपालिका– १०, रुपन्देही स्थित श्री पशुपति माध्यमिक विद्यालयलाई डस्टबिन हस्तान्तरण गरेको छ ।
बैंकका बुटवल क्षेत्र प्रमुख हेमन्तबाबु आचार्यले श्री पशुपति माध्यमिक विद्यालयका प्रधानाध्यापक हरि प्रसाद थापालाई १२ थान डस्टबिन हस्तान्तरण गरेका हुन् । स्वच्छ विद्यालय, स्वस्थ विद्यार्र्थी र सफा समाज निर्माणका लागि फोहोर व्यवस्थापन अत्यन्त आवश्यक विषय रहेको तथा विद्यालयमा वितरण गरिएका डस्टबिनहरूले विद्यार्र्थीहरूमा सरसफाइको संस्कार विकास गर्न, वातावरणीय सचेतना अभिवृद्धि गर्न तथा विद्यालय परिसरलाई स्वच्छ राख्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास प्रधानाध्यापक थापाले व्यक्त गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)
काठमाडौँ