दुई भुटानी राजबन्दी रिहा, बाँकी २८ जनाको तत्काल रिहाइको माग
kalakarmi.com · Thu Jun 04 05:49:23 GMT 2026

नेदरल्याण्ड्स- भुटानमा राजनीतिक कैदीहरूको रिहाईका लागि विश्वव्यापी अभियान (जीसीआरपीपीबी) १८वर्षभन्दा बढी समयदेखि भुटानको चामगाङ केन्द्रीय कारागारमा बन्दी जीवन बिताइरहेका चतुरमान तामाङ र हस्तबहादुर राईलाई गत सोमवार (१ जुन २०२६)मा रिहा गरिएकोमा त्यसको स्वागत गरेको छ ।
भुटानका राजा जिग्मे खेसर नामग्येल वाङचुकले दिएको माफी एक महत्वपूर्ण उपलब्धि भएको अभियानले जनाएको छ । ‘संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्का विशेष प्रक्रियाहरू, युरोपेली संघ, तथा ह्युमन राइट्स वाचलगायत अन्तरराष्ट्रिय मानवअधिकार साझेदारहरूसँग वर्षौंदेखि गरिएको निरन्तर वकालत र कूटनीतिक पहलको परिणामस्वरूप यो उपलब्धि सम्भव भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)