परराष्ट्रमन्त्री खनाल आज न्यूयोर्क प्रस्थान गर्ने
nagariknews.nagariknetwork.com · Sun Sep 20 00:30:42 GMT 2026

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली आइतबार (आज) संयुक्त राज्य अमेरिकाको न्युयोर्क प्रस्थान गर्दैछ।
परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनालले महासभाको उच्चस्तरीय सत्रअन्तर्गत विभिन्न उच्चस्तरीय बैठक तथा मन्त्रिस्तरीय भेलामा सहभागिता जनाउनेछन्। साथै, परराष्ट्रमन्त्री खनालले आफ्ना समकक्षी तथा अन्य विशिष्ट व्यक्तित्वसँग द्विपक्षीय भेटवार्तासमेत गर्ने कार्यक्रम छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)