आरोहण टोली धवलागिरि आधार शिविरमा
nagariknews.nagariknetwork.com · Sun Sep 20 00:22:58 GMT 2026
चालु शरद याममा विश्वको सातौँ (आठ हजार १६७ मिटर) अग्लो धवलागिरि हिमाल आरोहण टोली आधार शिविर पुग्न थालेका छन्। धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ को भूगोलमा पर्छ।
‘एठ के’, ‘सेभेन समिट’ र ‘फोरटिन पिक्स’ ट्रेकिङ कम्पनीमार्फत आरोहणका लागि आएका पर्वतारोहीहरूको टोली आधार शिविर पुगेका हुन्। आरोहण टोलीको समन्वय गरेका म्याग्दीका पर्यटनकर्मी इन्द्रसिङ शेरचनले शनिबारसम्म ३० जना विदेशी पर्वतारोही टोली आधार शिविर पुगेका बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)