आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
nepalsamaya.com · Sun Sep 20 00:49:28 GMT 2026

काठमाडौं- जल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको जानकारी दिएको छ।
हाल लुम्बिनी प्रदेश लगायत देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लागेको छ भने बाँकी तराई भू-भागमा आंशिक बादल लागेको छ र बागमती प्रदेशका थोरै स्थानमा तथा कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भैरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)