यसै वर्ष फोल्डेबल आईफोन आउन सक्ने, यस्ता छन् लिक भएका विवरण
techpana.com · Sat Jun 06 15:12:56 GMT 2026

काठमाडौँ । सामसङ, गुगल, साओमी, मोटोरोलाजस्ता स्मार्टफोन निर्माता कम्पनीले विगत केही वर्षदेखि बजारमा फोल्डेबल फोन उपलब्ध गराइरहेका छन् । तर, सबैभन्द बढी फोन बिक्री गर्ने कम्पनीको रेकर्ड बनाएको एप्पलले भने हालसम्म त्यस्तो फोन ल्याएकै छैन । यसैले गर्दा उपभोक्तामाझ ‘एप्पलले कहिले फोल्डेबल आईफोन ल्याउला ?’ भन्ने प्रश्न आइरहेको हुन्छ ।
प्रतिस्पर्धी कम्पनीले नयाँ मोडेल सार्वजनिक गरेसँगै एप्पलको फोल्डेबल फोनसम्बन्धी अहिले निकै चर्चा भइरहेको छ । सोनी डिक्सन , डिजिटल च्याट स्टेसन जस्त चर्चित लिकरले एप्पलले ल्याउने भनिएको फोल्डेबल आईफोनको डमी लिक गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)