हिमाल आरोहण अनुमति
gorkhapatraonline.com · Sun Sep 20 00:49:02 GMT 2026

सन् २०२६ को शरद् ऋतुमा हिमाल आरोहणका लागि ५५ समूहका ५७९ जनाले आरोहण अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार शनिबारसम्म विभिन्न ११ वटा हिमाल आरोहण गर्न ४३२ पुरुष र १४७ महिला आरोहीले अनुमति लिएका हुन् ।
विभागका निर्देशक निशा थापा राउतले यस वर्षको शरद् ऋतुमा हिमाल आरोहणका नेपालसहित ६७ देशका ५७९ जनाले आरोहण अनुमति लिएको बताउनुभयो । “अनुमति लिनेमा सबैभन्दा बढी चीनबाट र सबैभन्दा बढी मनासलुमा आरोहण अनुमति जारी भएको छ,” उहाँले भन्नुभयो । आरोहण अनुमतिबापत २३ करोड ५१ लाख ८३ हजार २३२ रुपियाँ हिमाली दस्तुर (राजस्व) सङ्कलन भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)