संविधानको सार्थकता
annapurnapost.com · Sun Sep 20 00:23:00 GMT 2026

नेपाली नागरिकले ७ दशक लामो संघर्ष र पुस्तौंको बलिदानबाट प्राप्त गरेको वर्तमान संविधानले निर्माणको ११ वर्ष पूरा गरी १२औं वर्षमा पाइला टेकेको छ। यो अवधि संविधानको समग्र समीक्षा र आत्ममूल्यांकनका लागि पर्याप्त समय हो। पोहोर भदौको तत्कालीन राजनीतिक घटनाक्रम (जेन–जी आन्दोलन)बाट उदाएको नयाँ शक्ति यतिबेला सत्ताको नेतृत्वमा छ। त्यस आन्दोलनका क्रममा ठूलो जनधनको क्षति भए पनि मुलुकको संविधान र व्यवस्था भने जोगिएको थियो। वर्तमान सरकारको काँधमा यही संविधानको रक्षा गर्दै यसलाई थप मजबुत बनाउने ऐतिहासिक दायित्व छ। तर, सरकारका पछिल्ला गतिविधिले संविधानको अपनत्व र यसको प्रभावकारी कार्यान्वयनमा प्रशस्त आशंका उब्जाएका छन्।
यो संविधान केवल एउटा कानुनी दस्ताबेज मात्र होइन, यसले नागरिकलाई प्रशस्त मौलिक हक, धार्मिक स्वतन्त्रता, राज्य संयन्त्रमा समावेशी चरित्र र घरआँगनमै सरकारको अनुभूति गराउने संघीय ढाँचा प्रदान गरेको छ। वंश परम्परामा आधारित राजसंस्थालाई विस्थापित गरी नागरिक नेतृत्वको गणतन्त्र संस्थागत गर्नु यसको मूल आत्मा हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)