चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन पक्राउ
khabarhub.com · Sun Sep 20 00:52:03 GMT 2026

बारा – बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरामा शनिबार साँझ चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ ।
स्थानीय होटलमा दुई पक्षबीच भएको विवादका क्रममा चक्कु प्रहारबाट जीतपुरसिमरा उपमहानगरपालिका-२ का ३५ वर्षीय शेरबहादुर खड्काको मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)