मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘नर्स’ बेलायत पठाउने मोडालिटी मार्चसम्म बनिसक्ने, कस्तो जनशक्ति जान पाउने ?

baahrakhari.com · Mon Feb 21 00:45:00 GMT 2022

काठमाडौं । जीटूजी प्रकियामार्फत् नर्स बेलायत पठाउने मोडालिटी आगामी मार्चसम्ममा बनिसक्ने भएको छ । त्यसका लागि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बेलायत सरकासँग श्रम सम्झौता गरी नेपाली नर्स पठाउने प्रक्रिया अघि बढाइरहेको छ ।

बेलायतले आफ्नो देशमा नेपाली हेल्थ प्रोफेस्नलस् लैजाने प्रस्ताव अघि बढाएपछि तीन महिना अघिदेखि मन्त्रालयले त्यसका लागि प्रक्रिया सुरु गरेको थियो । यसबीचमा सरकार विभिन्न चरणमा छलफल गरी श्रम सम्झौताअनुसार जनशक्ति पठाउने मोडालिटी बनाउन लागिरहेको हो । सो मोडालिटीको ड्राफ्ट बनाइ छलफलको क्रममा रहेको श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री किसन श्रेष्ठले बताए । मोडालिटीबारे विस्तृत छलफल गरी मार्चसम्म अन्तिम रुप दिइने मन्त्रालयका रोजगार व्यवस्थापन महाशाखा प्रमुख राजीव पोखरेले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)