तीन तहको समन्वयमा मनोपरामर्श
gorkhapatraonline.com · Sun Sep 20 01:00:49 GMT 2026

भोटेकोशीमा आएको हिमबाढीमा परी घरबार, परिवार र आफन्त गुमाएकाहरू मानसिक तनावमा पर्न थालेपछि सङ्घ, प्रदेश र स्थानीय तहको समन्वयमा पीडितको आत्मबल उच्च पार्ने उद्देश्यले मनोपरामर्श सेवालाई तीव्र पारिएको छ ।
‘होल्डिङ सेन्टर’ मा राखिएका पीडितलाई स्थानीय तहको समन्वयमा सङ्घीय सरकार, प्रदेश सरकार र विभिन्न सङ्घ संस्थाबाट खटिएका व्यक्तिबाट मनोपरामर्श सेवा सुरु गरिएको छ । बाढी प्रभावित बेपत्ता तथा मृतकका आफन्तमा एकोहोरिने, टोलाउने, एक्लै बस्न खोज्ने, राति ननिदाउने, खाना खान मन नगर्नेलगायतका समस्या देखिन थालेपछि मनोपरामर्श सेवा तीव्र पारिएको हो । काठमाडौँ, रसुवा र नुवाकोटका विभिन्न ३२ स्थानमा ‘होल्डिङ सेन्टर’ राखिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)