चेन्नाइसामु ब्याटिङ नचल्दा कोलकाताको पहिलो हार
onlinekhabar.com · Tue Apr 09 00:33:33 UTC 2024
२७ चैत्र, काठमाडौं । चेन्नाइ सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा कोलकाता नाइट राइडर्सलाई ७ विकेटले हराएको छ । कोलकाताको यो पहिलो हार हो ।
१३८ रनको लक्ष्य चेन्नाइले १७.४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । चेन्नाइका कप्तान ऋतुराज गायकवाडले ५८ बलमा ९ चौकासहित सर्वाधिक ६७ रनमा नट आउट रहे । रचिन रविन्द्र १५, डर्याल मिचेल २५ र शिवम दुबेले २८ रन बनाए । महेन्द्रसिंह धोनी १ रनमा नट आउट रहे । कोलकाताका वैभव आरोराले २ र सुनिल नारायणले १ विकेट लिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)