इन्द्रजात्राका लागि भक्तपुरमा लाखेनाच सुरु
nepalnews.com · Sun Sep 20 01:07:51 GMT 2026

भक्तपुर। इन्द्रजात्राका लागि आजदेखि भक्तपुरमा लाखेनाच सुरु भएको छ। वर्षौँदेखिको यो परम्परा हराउन थालेपछि धेरै वर्षपछि आज पहिलो दिन चाँगुनारायण नगरपालिकास्थित लाखेडोलबाट पूजाअर्चना गरी लाखे निकालिएको हो।
इन्द्रजात्राका लागि लाखे निकाल्ने परम्परा हराउन थालेपछि भक्तपुरका रञ्जितकार समाजले लाखेनाच निकाल्न सुरु गरेको हो । खरिपाटीदेखि कमलविनायक हुँदै गोलमढीस्थित लाखे द्यो छेसम्म लाखेनाच देखाइएको हो । नेवार समुदायको सांस्कृतिक परम्परा, धार्मिक आस्था र ऐतिहासिक किंवदन्तीसँग जोडिएको यो जात्रा भक्तपुरमा विशेष महत्वका साथ मनाउने गरिन्छ । सिम्रौनगढका राजा हरिसिंहदेव तथा तलेजु भवानीसँग जोडिएको ख्वपः लाखेको इतिहास रहेको बताइन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)