कांग्रेसको ३१ जिल्लामा आज वडा अधिवेशन, ४३ जिल्ला सकियो
kendrabindu.com · Sun Sep 20 01:07:58 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत आज आईतबार ३१ जिल्लामा वडा अधिवेशन हुने भएको छ । आज मधेस प्रदेशका ८ जिल्लासहित , सुनसरी, बाँके, बर्दिया, दाङ, रुपन्देही, कपिलवस्तु, नवलपरासी, मकवानपुर, मनाङ, मुस्ताङ, म्याग्दी, ओखलढंगालगायतका जिल्लामा आज अधिवेशन हुने केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए ।
शनिबार ४३ जिल्लाका ३ हजार ३ सय ९६ वडामा अधिवेशन सम्पन्न भएको छ । ती वडाबाट वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन भएका छन ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)