तरकारीले पायो भाउ
gorkhapatraonline.com · Sun Sep 20 01:07:54 GMT 2026

पछिल्लो समय बजार मूल्य राम्रो पाउन थालेपछि बाँकेका किसान व्यावसायिक सागसब्जी खेतीतर्फ आकर्षित भएका छन् । कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी सुजिता शर्माले विगतमा निर्वाहमुखी खेती गर्दै आएका किसानसमेत अहिले व्यावसायिक रूपमा तरकारी खेती गर्न अग्रसर भएको जानकारी दिनुभयो ।
उहाँका अनुसार अहिले बाँकेमा छ हजार ३५२ हेक्टर जमिनमा वार्षिक करिब १३ मेट्रिक टन सागसब्जी उत्पादन हुने गरेको छ । कृषि ज्ञान केन्द्रले महिला तथा बालबालिका पोषण सुधार कार्यक्रम अन्तर्गत एक हजार ३५० किसानलाई लौका, फर्सी, करेलालगायत हिउँदे तरकारी खेतीका बिउ वितरण गरेको छ । सूचना अधिकारी शर्माले पछिल्लो समय नगदे बालीका रूपमा तरकारी खेतीतर्फ किसानको आकर्षण बढ्दै गएको बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)