लन्डनमा नेपालको ९२ वर्षे कूटनीतिक विरासत, २४औँ राजदूतमा गौरव शमशेर राणा
ratopati.com · Sun Sep 20 01:14:13 GMT 2026

लन्डन । नेपाल सरकारले बेलायतका लागि नयाँ राजदूतमा पूर्वप्रधानसेनापति गौरव शमशेर जंगबहादुर राणालाई सिफारिस गरेसँगै लन्डनस्थित नेपाली दूतावासको नौ दशक लामो कूटनीतिक इतिहास फेरि एकपटक चर्चामा आएको छ ।
नियुक्तिका लागि संसदीय सुनुवाइलगायत संवैधानिक तथा कूटनीतिक प्रक्रिया पूरा हुन अझै बाँकी छ । संसदीय सुनुवाइ समितिबाट अनुमोदनपछि सम्बन्धित मुलुकबाट एग्रीमो (सहमति) प्राप्त भएपछि राष्ट्रपतिले औपचारिक नियुक्ति गर्ने व्यवस्था छ। उक्त प्रक्रिया पूरा भए लगत्तै राणा बेलायतका लागि नेपालको २४औँ राजदूत बन्नेछन् र ९२ वर्षे लामो कूटनीतिक परम्परामा नयाँ अध्याय थपिनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)