हुम्लाबाट दुई करोडको स्याउ निकासी
gorkhapatraonline.com · Sun Sep 20 01:10:04 GMT 2026

दक्षिणी हुम्लाबाट दुई करोडभन्दा बढी मूल्यको स्याउ निकासी भएको छ । हालसम्म दुई करोड १६ लाख रुपियाँ बराबरको स्याउ निकासी भएको कृषि विकास कार्यालयका प्रमुख चूडामणि पन्तले जानकारी दिनुभयो ।
अहिले हुम्लामा व्यापारीले सोझै किसानसँग प्रतिकेजी ६० रुपियाँमा स्याउ खरिद गर्दै आएका छन् । दक्षिणी क्षेत्रका ताँजाकोट, अदानचुली, चङ्खेली र सर्केगाड गाउँपालिकाबाट स्याउन विभिन्न जिल्लामा निर्यात भएको हो । यी गाउँपालिकामा स्याउ बगैँचा लगाउने एउटै किसानले १० लाख रुपियाँसम्म आम्दानी गरेको ताँजाकोट गाउँपालिका–५ को गोपाल बुढाले बताउनुभयो । हरेक वर्ष उत्पादन भएको स्याउ सडक नजोडिँदासम्म कुहिने र पशुवस्तुलाई खुवाउनुपर्ने बाध्यता रहेकोमा गत वर्षबाट भने जिल्ला बाहिर निकासी हुन सुरु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)