नाकाबन्दी र सम्पत्ति फुकुवा नगरेसम्म वार्ता नहुने अडानसहित अमेरिका पुग्यो इरानको पत्र
annapurnapost.com · Sun Sep 20 01:10:19 GMT 2026

काठमाडौं : इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसेन रेजाईले कतार र पाकिस्तानका मध्यस्थकर्ताहरूमार्फत संयुक्त राज्य अमेरिकालाई वार्ताका लागि आफ्ना शर्तहरू पठाएको जानकारी दिएका छन्। इरान अब ती शर्तबारे अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको प्रतिक्रियाको पर्खाइमा रहेको छ।
रेजाईले इरानका मुख्य शर्तहरूमा सबै मोर्चामा जारी युद्धको अन्त्य, रोक्का गरिएका इरानी सम्पत्तिको फुकुवा तथा नौसैनिक नाकाबन्दीको समाप्ति रहेकाे जनाएका छन्। यस विषयमा कतार र पाकिस्तानी मध्यस्थकर्ताहरूसँग निरन्तर परामर्श भइरहेको उनले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)