रियाद विमानस्थलनजिक आगो र धुवाँको मुस्लो, हुथी विद्रोहीद्वारा आक्रमणको दाबी
lokaantar.com

यमनका हुथी विद्रोहीले शनिबार साउदी अरबको राजधानी रियादस्थित ‘संवेदनशील’ क्षेत्रलाई लक्षित गरी क्षेप्यास्त्र र ड्रोनमार्फत आक्रमण गरेको दाबी गरेका छन् । त्यसको केही घण्टाअघि रियादको मुख्य विमानस्थलनजिक आगो र बाक्लो धुवाँको मुस्लो देखिएको थियो ।
रोयटर्सले सार्वजनिक गरेको भिडियो तथा तस्वीरमा विमानस्थल जाने राजमार्ग, मुख्य टर्मिनल भवन तथा अन्य संरचनाको पृष्ठभूमिमा कालो धुवाँको ठूलो मुस्लो उठिरहेको देखिएको छ । भिडियोमा इन्धन भण्डारण ट्याङ्कीजस्तो देखिने संरचनाको पछाडिबाट आगोको लप्का निस्किएकोसमेत देखिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)