कृत्रिम जलाशयबाट सिँचाइ सुविधा
gorkhapatraonline.com · Sun Sep 20 01:19:55 GMT 2026

घोराही उपमहानगरपालिकाले निर्माण गरेको कृत्रिम जलाशय किसानका लागि सिँचाइको भरपर्दो स्रोतसँगै स्थानीय तहको आम्दानीको माध्यम बनेका छन् । उपमहानगरपालिकाले दुई वटा जलाशय ठेक्कामा लगाएपछि किसानले सिँचाइ सुविधा पाउनुका साथै पालिकाले ती जलाशयबाट वार्षिक औसत १४ लाख ५८ हजार रुपियाँभन्दा बढी आम्दानी गर्न थालेको छ ।
घोराही उपमहानगरपालिकाले निर्माण गरेका ४३ वटा कृत्रिम जलाशयमध्ये घोराही–२, सुर्केडाँगीस्थित चेपे जलाशय र घोराही–१७ स्थित गुलरिया जलाशयलाई विद्युतीय बोलपत्र (ई बिडिङ) मार्फत ठेक्कामा दिएको हो । जलाशयको पानी किसानका खेतमा सिँचाइका लागि प्रयोग गर्ने तथा जलाशयमा माछापालन गरी व्यवसाय सञ्चालन गर्ने गरी सम्झौता गरिएको उपमहानगरपालिकाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)