एकैदिन २ सय विस्थापितले छाडे सरकारी होल्डिङ सेन्टर
annapurnapost.com · Sun Sep 20 01:17:17 GMT 2026

नुवाकोट : भोटेकोशी बाढीबाट विस्थापित भई नुवाकोटका विभिन्न होल्डिङ सेन्टरमा आश्रय लिइरहेका प्रभावितहरू दैनिक रूपमा घट्न थालेका छन्। बाढीपछि पीडितहरूका लागि नुवाकोटका विभिन्न स्थानमा कायम गरिएका १३ वटा आश्रित केन्द्रमा असोज १ गतेसम्म ८ सय ३२ जना आश्रित थिए। तर, एकैदिनमा २ सय २१ जना घटेर असोज २ गते आश्रितको संख्या ६ सय ११ मा सीमित भएको छ।
‘भदौ ३१ गतेसम्म आश्रित केन्द्रमा १ हजार १ सय ८५ जना रहेका थिए,’ जिल्ला प्रशासन कार्यालय नुवाकोटले भनेको छ, ‘सुरुआतमा २६ वटा आश्रित केन्द्र्र सञ्चालनमा ल्याइएकोमा हाल घटाएर १३ वटामा सीमित गरिएको छ।’ हाल बसोबास गरिरहेका ६ सय ११ जनामध्ये ३ सय २ जना महिला छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)