अघिल्लो वर्षको तुलनामा भदौमा विद्युत व्यापारमा उल्लेख्य सुधार : मन्त्री श्रेष्ठ
nagariknews.nagariknetwork.com · Sun Sep 20 00:50:15 GMT 2026

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले अघिल्लो वर्षको तुलनामा भदौ महिनामा विद्युत व्यापार सुधार भएको बताएका छन्। यसलाई महत्वपूर्ण उपलब्धि भन्दै मन्त्री श्रेष्ठले बताएका हुन्।
'भोटेकोशी बाढीले राष्ट्रिय उत्पादन क्षमताको करिब १० प्रतिशत प्रणालीबाट बाहिरिएको चुनौतीपूर्ण अवस्थामा समेत भदौ महिनामा नेपालले ५६ करोड ५६ लाख युनिटभन्दा बढी विद्युत् निर्यात गरी रु. ५ अर्ब ९ करोड २४ लाखभन्दा बढी आम्दानी गरेको छ,' उनले भने, 'तुलनात्मक रूपमा हेर्दा चुनौतीपूर्ण अवस्थामा पनि विद्युत व्यापार गत वर्षभन्दा सुधारिएको छ।'
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)